आईएमएस सफ्टवेयर र हिमालयन बैंकबीच स्वचालित भुक्तानी प्रविधि कार्यान्वयनका लागि सम्झौता

पुस १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईएमएस सफ्टवेयर र हिमालयन बैंकबीच स्वचालित भुक्तानी प्रविधि कार्यान्वयनका लागि सम्झौता

काठमाडौं । आईएमएस सफ्टवेयर प्रालि र हिमालयन बैंकबीच स्वचालित भुक्तानी प्रविधि कार्यान्वयनका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता काठमाडौंको कमलादीस्थित हिमालयन बैंकको प्रधान कार्यालयमा आज भएको हो ।

सम्झौता अनुसार आईएमएस सफ्टवेयर प्रालिले हिमालयन बैंकको प्वाइन्ट अफ सेल उपकरणहरूमा अत्याधुनिक स्वचालित भुक्तानी प्रविधि जोड्ने छ । यस नवीन प्रविधिले कार्ड र QR आधारित भुक्तानीलाई छिटो र सुरक्षित बनाउने बताइएको छ ।

यसका साथै, हिमालयन बैंकका पीओएस उपकरणहरू आईएमएस सफ्टवेयरको प्रख्यात बिलिङ सफ्टवेयरसँग एकीकृत गरिनेछ । 

यो प्रविधिको मुख्य विशेषता भनेको व्यापारीहरूले म्यानुअल रूपमा रकम प्रविष्ट गर्नुपर्ने झन्झट हटाउनु हो, जसले लेनदेन प्रक्रियालाई सजिलो बनाउनुका साथै सम्भावित त्रुटिहरूलाई कम गर्नेछ ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.