एनआईएमबी पेवियर सार्वजनिक, अब कार्ड बोक्न नपर्ने

कार्तिक ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
एनआईएमबी पेवियर सार्वजनिक, अब कार्ड बोक्न नपर्ने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले डेबिट र क्रेडिट कार्ड बोक्नु पर्ने झन्झटबाट छुटकारा दिँदै पहिलो पटक नेपालमा भिसा वेयरेवल स्टिकर (एनआईएमबी पेवियर)को सुरुवात गरेको छ ।

कार्ड बोक्दा हराउने र पिन चोरी हुने जस्ता समस्याको साधान गर्दै बैंकले एनआइएमबी पेवियरले ल्याएको हो । यसले दैनिक कारोबारलाई छिटो, सुविधानज र सुरक्षित बनाउने बैंकको विश्वास छ ।

एआईएमबी पेवियरलाई ग्राहकहरुले आफ्नो घडी, कि-चेन, फोन, फोनमा टास्न सकिने छ । एआईएमबी पेवियरका लागि एआईएमबी बैंकका ग्राहकले ३ महिना भित्र आवेदन दिन सक्नेछन् । यसले प्रविधिप्रेमी ग्राहलाई आकर्षित गर्ने बैंकले जनाएको छ । यसले बैंकका ग्राहकको भुक्तानी गर्ने तरिकामा पूर्ण रुपमा परिवर्तन आउने बैकका डेपुटी सीईओ महेश शर्मा ढकालले बताउनु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement