आईएमई र जिएमईको एकीकृत रेमिट कारोबार सुरु, छिट्टै सार्वजनिक सेयर निष्काशन गरिने

श्रावण ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईएमई र जिएमईको एकीकृत रेमिट कारोबार सुरु, छिट्टै सार्वजनिक सेयर निष्काशन गरिने

काठमाडौं । आईएमई र जिएमई रेमिट गाभिएपछि बुधबारदेखि आईएमई लिमिटेडका रुपमा एकीकृत कारोबार सुरु भएको छ ।

दुई कम्पनीको एकीकृत कारोबार सुरु भएसँगै अध्यक्ष हेमराज ढकाल भने आईएमई लिमिटेडको सञ्चालक समितिको जिम्मेवारीबाट अलग हुनु भएको छ । साथै, ढकालले चाँडै सर्वसाधारणका लागि सेयर जारी गर्ने अर्थात् सार्वजनिक सेयर निष्कासन गर्ने बताउनु भएको छ । कम्पनी गाभिएपछि आगामी दिनमा सेवा थप सहज तथा सुरक्षित बन्दै जाने उहाँको भनाइ छ ।

दुई रेमिट कम्पनी मर्जरपछि एकीकृत कारोबार सुरु गरिएको घोषणा कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले भने विदेशमा रहेका नेपालीलाई वैधानिक माध्यमबाट नेपालमा रकम पठाउन आग्रह गर्नु भएको छ । हुन्डी कारोबारलाई नियन्त्रण गर्दै वैधानिक बाटोबाट रेमिट्यान्स पठाए त्यसबाट अर्थतन्त्रमा थप योगदान पुग्ने उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement