
धादिङ । यही असार १८ गते सुर्खेतबाट कालिकोट जाँदै गरेको मिनिबस कर्णाली राजमार्गअन्तर्गत दैलेखको साङ्गे-तडाबाट कर्णाली नदीमा खसेर बेपत्ता भयो । भीरमा अड्किएका एक यात्रुको मृत्यु भएको र घटनाको ५ दिनपछि एक जनाको शव कैलालीमा फेला पर्यो भने बिहीबार अर्का मृतकको शव पनि परिवारले पहिचान गरेका छन्। दुर्घटनापछि सुरक्षाकर्मीहरू खोज-उद्धारमा खटिएका छन् । उपलब्ध प्रविधिसहित गोताखोरसहितको टोली खोजीमा जुटे पनि कठिन भौगोलिक अवस्थाले दुर्घनास्थल आसपास खोजी गर्नै कठिन छ ।
दैलेखको साङ्गेतडाबाट यात्रुसहित खसेको गाडी कर्णालीमा बेपत्ता भएपछि सुरक्षाकर्मीसहित उपलब्ध सबै स्रोतसाधनको प्रयोग गरेर खोजी भइरहेको छ । दुर्घटनास्थलदेखि सीमावर्ती क्षेत्रसम्मै खोजी जारी रहे पनि दुर्घटनास्थल नजिक भने कठिन भूबनोटका कारण खोजी गर्न असाध्यै गाह्रो भएको छ । सशस्त्र प्रहरीको विशेष गोताखोर टोलीसहित सोनार क्यामेरा, रिभर भेहिकल म्याग्नेट, ड्रोन र बोरेस्कोप क्यामेराजस्ता उच्चप्रविधियुक्त उपकरणहरू प्रयोग गरेर नदीको विभिन्न खण्डमा खोजी कार्य तीव्र पारिए पनि सााघुरो र निकै अफ्ठेरो स्थान भएकाले गाडी खसेको ठाउामै खोजी गर्न निकै कठिन छ ।
ठूलो दुर्घटना भएको केही समय राज्यको पुरै ध्यान सो क्षेत्रमा परेजस्तो देखिए पनि दुर्घटनापछिको खोज तथा उद्धारसम्बन्धी दीर्घकालीन सोच नबन्दा सधाै समस्या हुनेगरेको छ । २०८१ असार २८ गते चितवनको सिमलतालमा काठमाण्डौबाट रौतहट जाादै गरेको र वीरगञ्जबाट काठमाडौं आउादै गरेको दुइटा बस त्रिशुलीमा खसेर बेपत्ता भए । दुई बसमा गरी ६२ यात्रु रहेकोमा ३ जना बााच्न सफल भए, २४ जनाको शव भेटियो । तर बााकी ३५ यात्रुसहित बस बेपत्ता भए । पछि २०८२ पुस २७ गते एउटा बस र त्यसभित्र मानव कंकाल भेटियो । तर भेटिएको बस पनि बाहिर निकाल्न सकिएन । नेपालका सुरक्षा निकाय र भारतबाट समेत मगाइएको अत्याधुनिक गोताखोर टोलीले झन्डै एक महिनासम्म खोजतलास गर्दा पनि सफलता पाउन सकेन ।
दुर्घटनालगत्तै गृह मन्त्रालयले गठन गरेको ६ सदस्यीय छानबिन समिति र संसदीय कार्यदलले आफ्नो ४४ पाना लामो प्रतिवेदन बुझाउादै नदी शान्त र सफा भएका बेला एयरबर्न लेजर, बाथमेटि्रक सर्भेजस्ता प्रविधि प्रयोग गरेर हराएका सवारीसाधन खोज्न र नक्साङ्कन गर्न मुख्य सुझाव दिएको थियो भने यस्तो बेलामा उद्धार र खोजीका लागि अत्याधुनिक प्रविधिको व्यवस्थापनबारे सुझाएको भए पनि प्रतिवेदन यसै थनिक्कएर बस्यो । यसले सडक सुरक्षामा सरकार गम्भीर छैन भन्ने देखाउाछ ।
सिमलतालको जस्तै कहालीलाग्दो दुर्घटना फेरि दैलेखमा दोहोरिएको छ । देशभर नदी किनारमा बनेका राजमार्गमा पटकपटक यस्ता दुर्घटना हुने गरेका छन् । तर यस्तो दुर्घटना भइहालेमा खोज उद्धारमा अत्यावश्यक जनशक्ति र उपकरण सीमित छन् ।
पछिल्लो पााच वर्षमा मात्रै धादिङको गल्छीदेखि चितवनको नारायणगढसम्म नदी क्षेत्रमा भएका दुर्घटनामा ४३ भन्दा धेरै मानिस बेपत्ता छन् । नदीको तीव्र बहावमा उद्धारमा खटिएका सुरक्षाकर्मीले भौगोलिक अवस्थाको जानकारीविनै अक्सिजन सिलिन्डर, डोरी, गोताखोरजस्ता सीमित उपकरणको भरमा खोजी गरिरहनुपरेको छ ।
अन्तर्राष्ट्रियस्तरमा नदी तथा गहिरो पानीमा हुने यस्ता खोजी कार्यका लागि अत्याधुनिक प्रविधि, पानीको गहिराइ र सतहको त्रियायामिक नक्सा निकाल्ने मल्टिबीम इको साउन्डर, मानिस जान नसक्ने जोखिमपूर्ण गहिराइमा पुगेर खोजी र भिडियो रेकर्डिङ गर्न सक्ने अत्याधुनिक अन्डरवाटर ड्रोन वा आरओभीको प्रयोग गरिन्छ भने छानबिन समितिले सुझाएजस्तै बाथमेटि्रक लिडार प्रविधि प्रयोग गरेर नदीको पिाधसम्मको वस्तु पत्ता लगाउने गरिन्छ । तर हामीकहाा यस्ता आधुनिक प्रविधिको उपलब्धता र दक्ष जनशक्तिको अभाव छ । जसका कारण नदी सङ्लो होस् वा बर्खामा धमिलो हुादा, नदीमा खसेका सवारीसाधन र यात्रुहरूको खोजी कार्य कठिन हुने गरेको छ । राज्यले दुर्घटनालगत्तै केही दिन तदारुकता देखाएजस्तो देखिए पनि खोजी कार्य प्रभावकारी हुन सक्दैन र समय बित्दै जाादा बेपत्ता यात्रुका परिवार केवल आशा र पीडामा छटपटाउनुबाहेक अन्य विकल्प रहादैन । त्यसैले सतही छानबिनको परिपाटी छोडेर अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक प्रविधि खरिद र दक्ष स्थायी जनशक्ति व्यवस्थापनमा ध्यान दिन जरुरी छ ।