बाँकेमा मकै खेतीतर्फ किसानको आकर्षण बढ्दै

चैत्र २९, २०८२ |रेजिना मल्ल
बाँकेमा मकै खेतीतर्फ किसानको आकर्षण बढ्दै

बाँके । बाँकेमा मकै खेतीले किसानहरूलाई नयाँ उत्साह दिएको छ। 

कम मिहिनेत र लगानीबाट राम्रो मुनाफा हुने भएकाले यसतर्फ धेरै किसानहरू आकर्षित देखिन्छन् । बाँकेको डुडुवा गाउँपालिकाका ३२ वर्षीय शनिराम मौर्य १३ वर्षअघि वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा तीन वर्ष बस्नुभयो। तर, हाल स्वेदश फर्किएर कृषि पेसामै भविष्य खोजिरहनु भएको छ। 

गतवर्ष ४ कठ्ठामा मकै खेती गर्दा २५ हजार रूपैयाँ मुनाफा कमाउनुभएका उहाँले यसवर्ष २८ कठ्ठामा खेती विस्तार गर्नुभएको छ। १ लाख ३० हजार रूपैयाँ लगानी गरेका मौर्यले हालसम्म १ लाख रूपैयाँको मकै बिक्री गरिसक्नु भएको छ। खेतमा अझै मकै बाँकी रहेकाले ४ लाखभन्दा बढी मुनाफा हुने आशामा उहाँ देखिनुहुन्छ।

मकै खेती वर्षमा तीन पटकसम्म गर्न सकिने भएकाले अन्य बालीभन्दा बढी आय आर्जन गर्न सकिन्छ। यसमा पानी कम लाग्छ, रोग-कीरा कम लाग्छ र दैनिक धेरै मिहिनेत पनि आवश्यक पर्दैन। मकैको डाँठ पशु चौपायाका लागि घाँसमा खपत हुने भएकाले दोहोरो रूपमा उपयोग गर्न सकिन्छ।

कम जोखिम, राम्रो आम्दानी र दिगो सम्भावनाले मकै खेती बाँकेका किसानहरूको रोजाइ बन्दै गएको छ। यसले उनीहरूमा नयाँ उत्साहसँगै आत्मनिर्भर भविष्यको ढोका खोलिदिएको छ।


Image

रेजिना मल्ल

मल्ल कान्तिपुर टेलिभिजन बर्दियाकी क्यामेरा पर्सन हुन् ।