
धनकुटा । धनकुटामा आगामी वैशाख पहिलो साताबाट 'राष्ट्रिय आर्थिक गणना' कार्यक्रम सञ्चालन हुने भएको छ।
धनकुटाका सातवटै स्थानीय तहमा वैशाख २ देखि असार ७ गतेसम्म खटिने गणकले विभिन्न २१ वटा शीर्षकमा आधारित तथ्यांक संकलन गर्नेछन्।
गणनाका लागि धनकुटामा तीन जना सुपरीवेक्षक र २२ जना गणक परिचालन हुनेछन्। गणनामा खटिने गणक तथा सुपरीवेक्षकलाई बिहीबारदेखि पाँचदिनको तालिम दिइनेछ।