
काठमाडौं । माेबाइल कम्पनी भिभोले आफ्नो लोकप्रिय भी सिरिजअन्तर्गत नयाँ स्मार्टफोन भिभो भी-७० सार्वजनिक गरेको छ।
भिभोले भी सिरिजअन्तर्गत नयाँ स्मार्टफोन भिभो भी-७० मंगलबार सार्वजनिक गरेको हाे । कम्पनीका अनुसार पोर्ट्रेट फोटोग्राफी र टाढाबाट स्पष्ट तस्बिर खिच्न सक्ने गरी यो फोन डिजाइन गरिएको हो।
भी-७० मा ५० मेगापिक्सेल जाइस सुपर टेलिफोटो क्यामेरा रहेको छ, जसले कम प्रकाशमा पनि स्पष्ट तस्बिर खिच्न सक्ने बताइएको छ। यसमा फाेरके ६० फपीएस भिडियो रेकर्डिङ, एआई स्टेज मोडसहित २० एक्ससम्म जूम, जाइस मल्टिफोकल पोर्ट्रेट र बोकेह जस्ता फिचर समावेश छन्।
कम्पनीले फोनमा १ दशमलप ५ के ओलेड डिस्प्ले, १२० हट्ज रिफ्रेस रेट, ६५०० एमएएच ब्याट्री र ९० वाट फास्ट चार्जिङ सुविधा दिएको छ। साथै, फोनमा आईपफ ६८ र आईपी ६९ स्तरको धुलो तथा पानी प्रतिरोधि क्षमता पनि रहेको बताइएकाे छ।
डिजाइनतर्फ एयरोस्पेस ग्रेड एल्युमिनियम फ्रेम र प्रिमियम क्यामेरा मोड्युलसहित फोन ड्युन ग्रे र स्यान्डलवुड ब्राउन रंगमा उपलब्ध हुनेछ। कम्पनीले सार्वजनिक गरेको भी-७० देशभर बिक्रीका लागि उपलब्ध भएको जनाएको छ। खरिदकर्ताले यो स्मार्टफोन १२ महिनाको शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधामार्फत पनि लिन सक्नेछन्।
भी-७० स्मार्टफोनलाई थप आकर्षक बनाउन भिभोले विशेष अफरहरू पनि ल्याएको छ । पहिलो १२ सय ग्राहकले भिभो इस एयर ३ निःशुल्क प्राप्त गर्नेछन् । त्यसैगरी, पहिलो दुई हजार ग्राहकले ६ महिनासम्म मान्य हुने एकपटकको स्क्रन रिप्लेसमेन्ट र एकपटकको वाटर ड्यामेज प्रोटेक्सन सुविधा प्राप्त गर्नेछन् । साथै, चारजना भाग्यशाली ग्राहकले म्पर उपहारस्वरूप ईभी स्कुटर जित्ने अवसर पनि पाउनेछन् ।
