सरकारलाई खुश्बु ओलीको ध्यानाकर्षण : कृषि मलको आवश्यक व्यवस्था मिलाइयोस्

चैत्र २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकारलाई खुश्बु ओलीको ध्यानाकर्षण : कृषि मलको आवश्यक व्यवस्था मिलाइयोस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले कृषि मलको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले खेतीबाली लगाउने समय आएको उल्लेख गर्दै कृषि मलको व्यवस्थामा सरकारले कस्तो रणनीति अप्नाएको छ ? भनि प्रश्न समेत गर्नुभयो । पश्चिम एसियाको द्वन्द्वका कारण मलको मूल्य वृद्धि र आपूर्ति संकटका संकेतहरू देखा परिसकेकाले सरकारको त्यसको व्यवस्थापनमा समयमा नै ध्यान दिन आवश्यक रहेको सांसद ओलीको भनाइ थियो । 

उहाँले किसानले समयमा मल नपाए त्यसको मार मुलुकको अर्थतन्त्रमा समेत पर्ने भएकाले सरकारले त्यसको बारेमा आवश्यक निर्णय लिन ढिलाइ गर्न नहुने बताउनु भयो । सांसद ओलीले कृषि मलको सहज आपूर्तिका लागि सरकारले गरिरहेको तयारीबारे पनि जानकारी दिन आवश्यक रहेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.