निजी क्षेत्रले घुस खुवाउन र कामकाजमा लाइन लाग्न नपर्ने अर्थमन्त्रीको प्रतिबद्धता

चैत्र १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
निजी क्षेत्रले घुस खुवाउन र कामकाजमा लाइन लाग्न नपर्ने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले अब निजी क्षेत्रले घुस खुवाउन, कामकाजमा लाइन लाग्न र बिनाकारण थुनिनु नपर्ने बतानउनुभएको छ ।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसँगको भेटमा मन्त्री वाग्लेले सरकार निजी क्षेत्रमैत्री भएकाले ढुक्क भएर लगानी विस्तार गर्दै राजगारी सिर्जनामा केन्द्रित हुन आग्रह गर्नुभएको हो । 

निजी क्षेत्रले आर्थिक बेइमानी गरेको अवस्थामा सरकारले आर्थिक जरिवाना नै गर्ने पनि मन्त्री वाग्लेले आश्वासन दिनुभएको छ । तर, नियोजित रुपमा र नियतवस कसैले बेइमानी गरेमा भने सरकार निर्मम हुने उहाँले उद्योगी तथा व्यवसायीलाई बताउनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.