खाँदबारीमा आज बजार अनुगमन, ग्यास अभाव नरहेकाे व्यापारीकाे भनाइ

चैत्र ३, २०८२ |दीपेन्द्र शाक्य
खाँदबारीमा आज बजार अनुगमन, ग्यास अभाव नरहेकाे व्यापारीकाे भनाइ

संखुवासभा । संखुवासभा सदरमुकाम खाँदबारीमा जिल्ला प्रशासन र खाँदबारी नगरपालिकाले खाना पकाउने एलपी ग्यासको मंगलबार बजार अनुगमन गरेको छ । 

उपभोक्ताले ग्यास अभाव भएको गुनासो गरेपछि बजार अनुगमन गरिएको हो । अनुगमनका क्रममा व्यापारी नारायण श्रेष्ठले ग्यास आयात पहिलेको भन्दा धेरै भएको बताउनुभयाे । ग्यास उपभोक्ताले पाइँदैन भनेर स्टक राखेको व्यापारीले बताएका छन् । 

ग्यासको बिक्रीमा कुनै प्रकारले कालोबजारी नभएको उहाँले बताउनुभयाे । अहिले खाँदबारीमा पनि आधा ग्यासको सिलिन्डर आउन थालेको छ। उपभोक्ताले चाहिए जति ग्यास चलाए अभाव नहुने बताएका छन् ।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।