सेयरबजारमा उछाल- कारोबार सुरू भएलगत्तै पोजिटिभ सर्किट लागेपछि आजका लागि काराेबार बन्द

एक दिनमै १ सय ६२ अंकको वृद्धि
फाल्गुन २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
सेयरबजारमा उछाल- कारोबार सुरू भएलगत्तै पोजिटिभ सर्किट लागेपछि आजका लागि काराेबार बन्द

काठमाडौं । सेयरबजार परिसूचक नेप्से ६ प्रतिशतले बृद्धि भएपछि सोमबारका लागि कारोबार बन्द भएको छ । 

१२ बजे तेस्रो सकारात्मक सर्किट ब्रेक लागेपछि पुरै दिनका लागि कारोबार बन्द भएको हो । सोमबार बजार तीन मिनेटभन्दा बढी खुल्न पाएन । ११ बजे खुलेको बजार ११ बजेर १ मिनेटमै ४ प्रतिशतले बढेपछि पहिलो पटक सकारात्मक सर्किट ब्रेक लागेको थियो । 

त्यसपछि ११ बजेर २० मिनेटसम्मका लागि बन्द भएको बजार ११ बजेर २१ मिनेटमा त खुल्यो , तर त्यसपछि बजार १ मिनेटमै ५ प्रतिशतको बृद्धि देखिएपछि पुन दोस्रो सर्किट ब्रेक लागेको थियो । यसपछि बजार ४० मिनेटका लागि बन्द भएको थियो । बजार ४० मिनेटपछि १२ बजे खुले पनि समग्र नेप्सेपरिसुचक ६ प्रतिशतले बृद्धि भएपछि पुरै दिनका लागि कारोबार बन्द भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाई नजिक पुगेपछि लगानीकर्ता एकाएक ओइरिएकाले ३५ मिनेटमै ५५ करोड ५९ लाख कारोबार भएको थियो । नेप्सेपरिसुचक १ सय ६२ अंकले बढेर २ हजार ८ सय ७५ दशमलव चार-तीन अंक कायम भएको छ । ३ मिनेटको कारोबारमा समेत कर्पाेरेट डेभलपमेन्ट बैंक र शिवश्री हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ। तर, ३ मिनेटको कारोबारमा पनि रिलायन्यस स्पिनिङ मिल्सका लगानीकर्ताले साढे १ प्रतिशत गुमाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.