सुनचाँदीको मूल्य बढ्यो

फाल्गुन २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीकोे मूल्य बढेको छ । 

गत शुक्रबारको तुलनामा सुन तोलामा रू तीन हजार पाँच सय र चाँदी प्रतितोला रू ३० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार  छापावाल सुनको मोल प्रतितोला रू तीन लाख १६ हजार नाै सय कायम भएको छ भने एक तोला चाँदीको मूल्य रू पाँच हजार ४ सय ७५ निर्धारण भएको छ । 

शुक्रबार एक तोला सुन रू तीन लाख १३ हजार चार सय र त्यति नै परिमाणको सेतो धातु रू पाँच हजार ४ सय ४५ मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १ सय ७० र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.