टोकियोमा नेपाल जापान रोजगार सम्मेलनमा सुरू

फाल्गुन १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
टोकियोमा नेपाल जापान रोजगार सम्मेलनमा सुरू

काठमाडौं । जापानको राजधानी टोकियोमा नेपाल जापान रोजगार सम्मेलनमा सुरू भएको छ ।

संस्थागत तवरले नेपालबाट श्रमिक आपूर्ति गर्ने पूर्व तयारीस्वरूप सम्मेलन आयोजना गरिएको वैदेशिक रोजगार व्यवसायी संघले बताएको छ । सम्मेलनमा जापानका विभिन्न रोजगारदाताको सहभागीता रहेको छ । 

त्यस्तै जापानमा रहेका कम्पनीका एचआरहरू पनि सम्मेलनमा सहभागी छन् । जापानमा रहेको श्रमिकको माग संस्थागत तवरले पूर्ति गर्न सोझै रोजगारदातासँग संवादका लागि सम्मेलन आयोजना गरिएको नेपाल जापान रोजगार सम्मेलनका उपसंयोजक प्रेम कटवालले जानकारी दिनुभयो । 

जापानमा नर्सिङ, कृषि उद्योग तथा सेवा क्षेत्रमा श्रमिकको माग भए पनि वैद्यानिक तवरले भर्ना प्रक्रिया भने सुरु भएको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.