मध्यपुर थिमि नगरपालिकामा ६९औं राष्ट्रिय सहकारी दिवस कार्यक्रम सम्पन्न

चैत्र २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
मध्यपुर थिमि नगरपालिकामा ६९औं राष्ट्रिय सहकारी दिवस कार्यक्रम सम्पन्न

काठमाडौं । ‘सहकारिताको विकासस्नीति नियमको पूर्ण पालन’ भन्ने नाराका साथ मध्यपुर थिमि नगरपालिकाले ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रमअन्तर्गत नगरपालिकाले सहकारी प्रभातफेरि र सभा गरी सहकारी क्षेत्रमा योगदान पुर्‍याउने संस्था तथा सदस्यहरूलाई सम्मान गरेको छ। यस अवसरमा समस्याग्रस्त सहकारी कृषि विकास बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई पहिलो चरणमा २ सय ५० जनालाई जनही १० हजार रुपैयाँ फिर्ता गर्दै बचत फिर्ताको शुभारम्भ गरिएको छ।

त्यसैगरी, नगरपालिकाले सहकारी क्षेत्रको प्रगतिमा उल्लेखनीय योगदान पुर्‍याउने संस्था र व्यक्तिहरूलाई सम्मान गरेको छ। यसअन्तर्गत मध्यपुर थिमि नगरपालिकाको उत्कृष्ट सहकारीको पुरस्कार उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई प्रदान गरिएको छ।

नगरपालिकाका अधिकारीहरूले सहकारी संस्थाहरूले स्थानीय स्तरमा आर्थिक समावेशीकरण, गरीब तथा पिछडिएका वर्गको उत्थानमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका छन्।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.