
धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले संघीय सरकारले प्रदेश सरकारलाई दिने गरेको अनुदानमा विभेद गर्दै आएकोले स्थानीय तहलाई थोरै बजेट पठाउने गरिएको बताउनुभएको छ ।
मधेश प्रदेश सरकारले वित्तीय हस्तान्तरणसम्बन्धी धनुषा र महोत्तरीका पालिका प्रमुख, उपप्रमुख तथा प्रशासकीय प्रमुखहरूसँगको अन्तक्रियामा मुख्यमन्त्री यादवले राजश्व बाँडफाँट र समानीकरण अनुदानमा मधेशलाई विभेद गरिएको आरोप लगाउनु भएको हो ।
यसैबीच वित्तीय हस्तान्तरण कार्यक्रमअन्तर्गत प्रदेश सरकारले उपलब्ध गराउँदै आएको बजेट विगतका वर्षमा स्थानीय तहले फ्रिज गर्दै आएकोले यस वर्ष स्थानीय तहले योजना बनाएर पठाएपछि मात्र रकम पठाइने अर्थ मन्त्रालयले प्रष्ट पारेको छ । मधेश प्रदेश सरकारको समानीकरण अनुदानको दुरूपयोग भई रहेको बेला स्थानीय तहलाई सचेत गराउन मधेश प्रदेशको आठै जिल्लामा जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरूसँग अन्तक्रिया गरिएको हो ।