‘होटल उद्योगमा भएको लगानीको सुरक्षा राज्यले गर्नुपर्छ’

फाल्गुन ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘होटल उद्योगमा भएको लगानीको सुरक्षा राज्यले गर्नुपर्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले होटल उद्योगमा भएको लगानीको सुरक्षण राज्यले गर्नुपर्ने बताउनुभएको छ । 

उहाँले होटलमा धेरै लगानी भएको बताउँदै अहिलेसम्म त्यस्तो लगानीको सुरक्षण राज्यले गर्न नसकेको बताउनु भयो । शुक्रबार राजधानीमा भएको एक कार्यक्रममा ढकालले भैरहवामा अन्तर्राष्ट्रिय क्षेत्रीय एयरर्पोट बन्ने भएपछि धेरै होटल बनेको तर चल्न अहिले धौधौ परिरहेको बताउनु भयो ।

ढकालकाअनुसार सरकारले राम्रोसँग एयरपोर्ट नचलाइदिँदा त्यहाँका होटलहरू समेत धरासायी बनिरहेका छन् । सम्भावना भएका क्षेत्रमा सरकारले योजना बनाएर काम गनुपर्नमा उहाँकाे जाेड छ । पर्यटनलाई अघि बढाउन हवाई उडानहरू बढाउनुपर्ने उहाँले बताउनुभयाे । हवाई उडान बढाएर भैरहवा, पोखरालाई पर्यटकीय गन्तव्य बनाउनुपर्ने उहाँको भनाइ छ ।

उद्योगी पवन गोल्यानले नेपालमा पछिल्लो समय होमस्टेहरू बनिरहे पनि प्रचारप्रसारको अभाव देखिएको बताउनु भयो । उहाँकाअनुसार विदेशमा भएका धेरै नेपालीले आफ्ना सन्तानलाई नेपालका होमस्टेहरूमा ल्याएर बसाल्न चाहन्छन् तर उनीहरूलाई कहाँ-कहाँ होमस्टे छ भन्ने थाहै छैन ।

लगानी बोर्डका पूर्व कार्यकारी अधिकृत सुशील भट्टले आधारभूत पूर्वाधारको पर्याप्तता भएका क्षेत्रहरूमा पर्यटन प्रवर्द्धन सम्भव रहेको बताउनु भयो । उहाँकाअनुसार पर्यटक बढाउन बोर्डर, एयरपोर्ट, सडकहरू व्यवस्थित हुनुपर्छ । अहिले नेपालको धेरै क्षेत्रमा त्यो पुगिसकेकाले पर्यटन प्रवर्द्धन गर्न सम्भव रहेको उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.