
काठमाडौं । नेपालको पशुपतिनाथदेखि बिहार हुँदै झारखण्डको बैद्यनाथधामसम्म पशुपतिनाथ-बैद्यनाथधाम हाईस्पीड करिडोर ग्रीनफिल्ड एक्सप्रेस-वे निर्माण गरिने भएको छ ।
भारत सरकारले पशुपतिनाथ र बैजनाथधाम जोड्न नयाँ सडक करिडोर निर्माणको प्रस्ताव स्वीकृत गरेको छ । भारतको केन्द्र सरकारले भागलपुर हुँदै जाने यो नयाँ करिडोर निर्माणका लागि प्रशासनलाई आवश्यक तयारी सुरू गर्न निर्देशन दिइसकेको छ ।
सन् २०२६/२७ को बिहारको बजेटमा यो सडक निर्माणका लागि ८२ अर्ब ६० करोड भारू विनियोजन गरिएको छ ।