
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्य प्राप्त भएअनुसार निगमको सञ्चालक समिति बैठकले पेट्रोलमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा ३ रुपैयाँले भाउ बढाउने निर्णय गरेको हो ।
नयाँ मूल्य आजदेखि लागू हुनेछ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर र तीन रुपैयाँले मूल्य बढेको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५६ कायम भएको छ ।
यसैगरी, मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ४२ रुपैयाँ कायम भएको निगमले जनाएको छ । हवाइ इन्धनको मूल्य प्रतिलिटर १ सय २८ रुपैयाँ छ भने खाना पकाउने ग्यास प्रतिसिलिण्डर १९ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।