लगानी सम्मेलनमा प्रतिबद्धता व्यक्त भएका ५० परिजयोजना अधि बढेको कोशी सरकारको दाबी

कानुनी उल्झन समाधानको पहल भइरहेको भनाइ
फाल्गुन १, २०८२ |कान्तिपुर टीभी संवाददाता
लगानी सम्मेलनमा प्रतिबद्धता व्यक्त भएका ५० परिजयोजना अधि बढेको कोशी सरकारको दाबी

विराटनगर । गत वैशाखमा कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा प्रतिबद्धता व्यक्त भएका ५० वटा परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेका छन् ।

कोशी प्रदेश सरकारले ५१ वटा परियोजनामा समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । प्रदेशहरूमा पहिलो पटक भएको लगानी सम्मेलनको समीक्षा गर्न विराटनगरमा आयोजित कार्यक्रममा ५० वटा परियोजना अघि बढेको जानकारी दिइएको हो । त्यसक्रममा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लगानी सम्मेलनमा आएका प्रतिबद्धताहरूलाई कार्यान्वयनमा लैजानका लागि हरेक तीन महिनामा छलफल गर्ने रणनीति लिएको बताउनुभयो ।

गत वैशाखमा लगानी सम्मेलनपछि लगानीकर्ताहरूसँग व्यक्तिगत र सामूहिक छलफल गरेको भएपनि कानुनी रूपमा देखिएका उल्झनहरू समाधान गर्ने प्रयत्न गरिएको जानकारी पनि उहाँले दिनुभयो । लगानी सम्मेलनमा ७१ वटा आयोजनाहरू सोकेस गरिएकोमा ५१ वटा परियोजनाका लागि कुल एक खर्ब ५७ अर्ब ३८ करोड रूपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.