
काठमाडौं । ओप्पो नेपालले नयाँ स्मार्टफोन ओप्पो रेनो १५ फाइभ जीलाई नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजना गरिएको औपचारिक सार्वजनिक कार्यक्रममा नयाँ स्मार्टफोनले आधुनिक प्रविधि, परिष्कृत डिजाइन र प्रयोगकर्ता–केन्द्रित विशेषताहलाई समेट्दै उच्चस्तरीय स्मार्टफोन अनुभव प्रदान गर्ने दाबी ओप्पो नेपालले गरेको छ ।
फ्ल्यागशिप अपेक्षालाई ध्यानमा राखी डिजाइन गरिएको ओप्पो रेनो १५ फाइभ जी मा ६.५९ इन्चको फुल एचडी प्लस एमोलेड डिस्प्ले १२० हर्ज रिफ्रेस रेटसहित उपलब्ध भएकोले स्पष्ट, उज्यालो र स्मूथ दृश्य अनुभव प्रदान पनि कम्पनीले जनाएको छ ।
फोटोग्राफी क्षमतालाई विशेष प्राथमिकता दिँदै यो मोबाइलमा अप्टिकल इमेज स्टेबलाइजेसन सहितको ५० मेगापिक्सेल मुख्य क्यामेरा रहेको र ट्रिपल रियर क्यामेरा प्रणाली समावेश गरिएको छ । यसअन्तर्गत ५० मेगापिक्सेल टेलिफोटो क्यामेरा र ८ मेगापिक्सेल अल्ट्रा–वाइड क्यामेरा रहेका छन् । अगाडितर्फ फोर के भिडियो रेकर्डिङ समर्थन गर्ने ५० मेगापिक्सेल अल्ट्रा–वाइड फ्रन्ट क्यामेराले सेल्फी र भिडियो सामग्री सिर्जनालाई थप प्रभावकारी बनाउने बताइएको छ ।
५ जी नेटवर्क समर्थन, वाइफाइ सिक्स, ब्लुटुथ फाइभ पोइन्ट फोर, इन्फ्रारेड रिमोट र डुअल नानो सिम सुविधा रहेको ओप्पो रेनो १५ फाइभ जी नेपालभरका ओप्पो अधिकृत स्टोर तथा साझेदार च्यानलमार्फत उपलब्ध हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।