चर्च ब्वाइज बुढासुब्बा गोल्डकपको फाइनलमा

माघ २९, २०८२ |अर्जुन सुवेदी
चर्च ब्वाइज बुढासुब्बा गोल्डकपको फाइनलमा

सुनसरी । चर्च ब्वाइज युनाइटेड बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको अन्तिम सेमीफाइनलमा झापा ११ फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज उपाधी नजिक पुगेको हो ।

निर्धारित समयमा दुबै टिमले २-२ गोलको बराबरी खेलेपछी सिधै पेनाल्टी सुटआउटबाट नतिजा निर्धारण गरिएको हो । तेस्रो मिनेटमा मिलन राईको गोलबाट चर्च ब्वाइजले अग्रता लिएको थियो । १६ औं मिनेटमा अबोयामीले गोल थपेपछी चर्च ब्वाइजले अग्रता दोब्बर बनायो । 

चर्च ब्वाइजका अभिषेक लामाले २७ औं मिनेटमा आत्माघाती गोल गरेपछी झापाले अग्रता छोट्यायो । एरोन थापामगरले ६१ औं मिनेटमा फ्रीकिक मार्फत गोल गरेपछी खेल २-२ को बराबरीमा आयो । त्यसपछी कुनै टिमबाट थप गोल नभएपछी खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको हो ।

पेनाल्टीमा चर्च ब्वाइजका गोलकिपर प्रमञ्जय गच्छदार नायक बने । उनले झापा ११ को तीन वटा पेनाल्टीलाई बिफल तुल्याए ।

अव ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले उपाधिका लागि शनिबार प्लानिङ ब्वाइज युनाइटेडसाग प्रतिस्पर्धा गर्नेछ ।


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।