
कास्की । २५ औा संस्करणको आहा रारा पोखरा गोल्डकपमा एपिएफ क्लबलाई हराउदै मनाङ मस्र्याङदी क्लब क्वाटरफाइनलमा प्रबेश गरेका छ । पोखरा रंगशालामा जारी प्रतियोगितामा मनाङ मस्याङदीले एपिएफलाई २-१ गोलले हराएको हो ।
खेलको १४औं मिनेटमा डिसोन राईले गोल गर्दै अग्रता लिएको एपिएफ क्लब दोस्रो हाफमा समालिन नसक्दा हार व्यहोर्न पुग्यो । मनाङका लागि खेलको ५६ औ मिनेटमा रोनिस रिखिराज बाहक र ६६ औ मिनेटमा सुरेश कुमालले गोल गरे ।
मनाङ मस्र्याङदी क्लबले क्वाटरफाइनलमा आगामी सोमबार थण्डरबोल्ड नर्थ युनाईटेड सिक्किमको सामना गर्नेछ । प्रतियोगितामा भोली प|mेण्डस क्लब र प्लानिङ ब्वाईज युनाईटेड बिच हुनेछ ।