
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ ।
मङ्गलबारको तुलनामा दुवै धातुको मूल्य बुधबार पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन प्रतितोला रू तीन लाख छ हजार ६०० र एक तोला चाँदीको मोल रू पाँच हजार २९० कायम भएको छ ।
मङ्गलबार प्रतितोला सुन रू तीन लाख पाँच हजार ५०० र एक तोला चाँदीको मोल रू पाँच हजार २४० कायम भएको थियो । गत सोमबार एक तोला सुन रू तीन लाख चार हजार ६०० र त्यति नै परिमाणको चाँदी रू पाँच हजार २५० मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा बुधबार एक औँस सुन पाँच हजार ६० र त्यति नै चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।