
काठमाडौै । पछिल्लो समय मुल्यमा निकै उतारचढाव देखिएको सुन चाँदीको भाउ आज बढेको छ।सोमबारको तुलनामा आज दुवैको मूल्य बढेको हो । सुन तोलामा तीन हजार ७ सयले र चाँदी एक सय ३५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९० हजार ३ सय र चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार प्रतितोला ३ लाखमा कारोबार भएको सुनको मूल्य सोमबार घटेर २ लाख ८६ हजार ६ सय कायम भएको थियो । यस्तै चाँदी ५ हजार २ सयमा खरिदबिक्री भएको थियो ।