झापाको सन्थाल बस्ती पुगे बालेन

सुकुम्बासी समस्याको दीर्घकालीन समाधानमा जोड
माघ २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
झापाको सन्थाल बस्ती पुगे बालेन

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले मंगलबार बिहानैदेखि झापाको कमल गाउँपालिका लगायतका विभिन्न स्थानमा स्थानीयबासीसँग भेटघाट गर्दै जनगुनासो सुन्नुभएको छ।

कमल गाउँपालिकास्थित सनथाल बस्ती पुग्नुभएका शाहले नदी किनारमा बसोबास गर्दै आएका सुकुम्बासीहरूको समस्या नजिकबाट बुझ्दै आफ्नो धारणा स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “हामीले खोला किनारका बस्तीहरूलाई विस्थापित गर्न होइन, थप व्यवस्थित र सुरक्षित बनाउन खोजेका हौँ।”

काठमाडौँमा समेत बस्ती हटाउने नभई सुरक्षित बसोबासको व्यवस्थापनमा जोड दिइएको स्मरण गराउँदै शाहले सुकुम्बासी समस्याको दीर्घकालीन, न्यायपूर्ण र मानवीय समाधानका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो।

सोमबार बेलुका झापा आइपुग्नुभएका बालेन शाह मंगलबार बिहानैदेखि झापा क्षेत्र नम्बर ५ अन्तर्गत विभिन्न स्थानमा मतदाता तथा स्थानीयसँग प्रत्यक्ष संवादमा जुटिरहनुभएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.