
काठमाडौं । नेपाली बजारमा साेमबार पनि सुन र चाँदीको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार सुनको भाउ तोलामा १३ हजार ४ सय रूपैयाँले घटेको हो । मुल्य घटसँगै साेबार सुनको भाउ प्रतितोला २ लाख ८६ हजार ६ सय रूपैयाँ कायम छ । आइतबार सुनको भाउ तोलामा १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रूपैयाँ कायम थियो ।
सोमबार चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आइतबार तोलामा ५ हजार ५ सय रूपैयाँ कायम भएको चाँदी सोमबार तोलामा ३ सय रूपैयाँ घटेर ५ हजार २ सय रूपैयाँ कायम छ ।