राजनीतिक दलका घोषणापत्रमा आर्थिक एजेन्डालाई प्राथमिकता राख्न निजी क्षेत्रकाे सुझाव

माघ १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
राजनीतिक दलका घोषणापत्रमा आर्थिक एजेन्डालाई प्राथमिकता राख्न निजी क्षेत्रकाे सुझाव

काठमाडौं । राजनीतिक दलका घोषणापत्रमा आर्थिक एजेन्डालाई प्राथमिकतामा राख्न निजी क्षेत्रले सुझाव दिएको छ ।

नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक मुद्दा छाडेर दलका नेताहरु एक अर्काका कमजोरी देखाउन मात्र लागेको टिप्पणी गर्नुभयो । नीजी क्षेत्रका तर्फबाट होटल एशोसिएशन अफ नेपाल (हान) का अध्यक्ष विनायक शाह र चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष राजेश श्रेष्ठलगायतले पनि दलहरूले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण नबदलिएकाले अर्थतन्त्र चलायमान बनाउन उद्यमी व्यवसायीका समस्या समाधान गर्नुपर्नेमा जोडदिनुभयो ।

कार्यक्रममा विभिन्न दलका नेताहले निजी क्षेत्रसँग समन्वय गरेर घोषणापत्र बनाउने प्रतिबद्धता जनाए । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का नेता देव गुरूङले नेकपाले उत्पादनमुखी अर्थतन्त्रअघि बढाउने गरी घोषणा पत्र ल्याउने बताउनुभयो । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमा आवधिक निर्वाचन घोषणापत्र–केन्द्रित प्रतिस्पर्धात्मक प्रणालीमा हुनुपर्ने बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले नेपालको संसदीय व्यवस्थामा घोषणापत्र कार्यान्वयन गर्न कुनै एक दललाई स्पष्ट बहुमत दिनुपर्ने बताउनुभयो । वक्ताहरूले निर्वाचनका बेला मतदाता पनि सचेत आवश्यक रहेको बताए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.