नेपाली बजारमा सुनको मूल्य आज एकैदिन २० हजार ज्यादा

माघ १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाली बजारमा सुनको मूल्य आज एकैदिन २० हजार ज्यादा

काठमाडौै ।  नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामै २० हजार ५ सय रुपैयाँले बढेको छ । नेपाली बजारमा आज उपभोक्ताले एकतोला सुन किन्न तीन लाख ३९ हजार ३०० रुपैयाँ खर्चिनुपर्ने भएको छ । 

यो इतिहासकै उच्च मूल्य हो । हिजो प्रतितोला तीन लाख १८ हजार ८ सय रुपैयाँ थियो । त्यसैगरी, चाँदीको मूल्य तोलामा २ सय ५ रुपैयाँले बढेर सात हजार ५ सय ५ रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला सात हजार ३ सय रुपैयाँ थियो । पछिल्लो दिनमा विश्व अन्थतन्त्रमा देखिएको अस्थीरताका कारण सुनको मूल्यमा भारी वृद्धि भएको सुनचाँदी व्यवसायी महासघले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.