जापानको सहयोगमा सप्तरीमा चन्द्रनहर सिँचाइ प्रणाली पुनर्स्थापना, नेपाल सरकारलाई हस्तान्तरण

माघ १४, २०८२ |आरएन विश्वास
जापानको सहयोगमा सप्तरीमा चन्द्रनहर सिँचाइ प्रणाली पुनर्स्थापना, नेपाल सरकारलाई हस्तान्तरण

सप्तरी । १० हजार ५ सय हेक्टर कृषियोग्य जग्गामा सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले सप्तरीमा निर्माण गरिएको नेपालकै पहिलो चन्द्रनहर सिँचाइ प्रणाली जापान सरकारको सहयोगमा मर्मत तथा पुनर्स्थापना गरी नेपाल सरकारलाई बुधबार विधिवत रुपमा हस्तान्तरण गरिएको छ।

सप्तरीको सप्तकोशी नगरपालिका १० स्थित भगिनी मलेठमा आयोजित हस्तान्तरण समारोहमा जापानी राजदूत सिन्तो एसबारूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीलाई परियोजना सम्पन्नसम्बन्धी कागजात हस्तान्तरण गर्नुभयो।

२८ किलोमिटर लामो मुख्य नहरको विभिन्न ठाउँमा पुल, ओभर पाससहितका ३२ वटा जिर्ण संरचना पुनर्निर्माण गरिएको हो। दुई अर्ब पाँच करोड १० लाख रूपैयाँ अनुदान सहयोगमा सम्पन्न उक्त परियोजनाले सप्तरीको कृषि उत्पादन वृद्धि गर्न महत्वपूर्ण योगदान दिने कोसी पम्प चन्द्र नहर सिँचाइ व्यवस्थापन डिभिजनका प्रमुख बिरेन्द्र यादवले जानकारी दिनुभयो।

यधपि, अहिले चन्द्रनहरमा भएको मर्मतसम्भारले तत्काल भत्किने र पानी चुहिने समस्या समाधान भए पनि समुचितरूपमा चन्द्रनहर तटबन्धको मर्मत सम्भार हुन अझ बाँकी नै छ । बाँकी कार्यका लागि पनि आवश्यक पहल भइरहेको अधिकारीहरूले कार्यक्रममा जानकारी गराउनुभयो।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।