पाल्पाको सेतो सिमी युरोप निर्यात

चैत्र ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
पाल्पाको सेतो सिमी युरोप निर्यात

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका-५ गल्धामा उत्पादन भएको ३६ हजार ३३० केजी सेतो सिमी यसवर्ष युरोप निर्यात भएको छ ।

अर्गानिक प्रमाणित भएपछि गल्धाको ढुंगानाबेंसीस्थित गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत गतवर्षदेखि सेतो सिमी युरोप निर्यात हुँदै आएको छ । नेदरल्यान्ड्सबाट ४० हजार किलोको माग आएकोमा ३६ हजार ३३० केजी पठाउन सफल भएको गल्धा सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष अममाया थापाले बताउनुभयो । 

जसबाट किसानले करिब ८० लाख रूपैयाँ आर्जन गर्न सफल भएका छन् । सहकारीले गतवर्ष पनि झन्डै २० हजार किलो सेतो सिमी युरोपमै पठाएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.