युरोपको प्रलोभन र सामाजिक सञ्जालका विज्ञापनले बढायो वैदेशिक रोजगारी ठगी

माघ १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
युरोपको प्रलोभन र सामाजिक सञ्जालका विज्ञापनले बढायो वैदेशिक रोजगारी ठगी

काठमाडौं । रोजगारीका लागि नेपालीहरू विदेशिने मात्रै होइन ठगीने क्रम पनि ह्वात्तै बढेको छ । 

गत आर्थिक वर्ष २०८१/०८२ को पुरै वर्षामा परेकाभन्दा बढी उजुरी यस वर्षको छ महिनामै परेका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्या‌‌कअनुसार आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारसँग सम्बन्धित पाँच हजार ७ सय ६६ वटा उजुरी दर्ता भएका छन् । 

गत आर्थिक वर्ष २०८१/८२ को १२ महिनामा करिब पाँच हजार उजुरी परेका थिए । सामाजिक सञ्जालमा आउने अनधिकृत विज्ञापन र युवाहरू युरोपका रोजगारीको प्रलोभनमा पर्दा ठगिने क्रम बढिरहेको विभागका अधिकारीहरू बताउँछन् । विभागमा परेका उजुरीमध्ये उद्धार, राहत तथा समन्वय शाखामा ५ सय ६८, प्रहरी शाखामा दुई हजार ६ सय ३७ र मुद्दा अनुसन्धान शाखामा दुई हजार ५ सय ६१ वटा रहेका छन् । 

विभागमा परेका उजुरीमध्ये ९०.१५ प्रतिशत व्यक्तिगत र ९.८५ प्रतिशत म्यानपावरका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.