
कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह चुनावी प्रचारप्रसारका क्रममा मंगलबार धनगढी पुग्नुभएको छ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा खोलिएको प्रचारप्रसार कार्यालयमा पुग्दा ठूलो संख्यामा कार्यकर्ताहरू उहाँलाई स्वागत गरेका थिए। बालेन धनगढी आउने जानकारी पाएपछि बिहानैदेखि कार्यकर्ताहरू प्रचार कार्यालयमा भेला भएका थिए।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको कडा सुरक्षा व्यवस्थाबीच बालेन प्रचार कार्यालय पुग्नुभएको थियो । बालेन आउने खबरपछि धनगढीको ट्राफिक चोक क्षेत्रमा पनि ठूलो संख्यामा समर्थकहरू भेला भएका थिए। तर उहाँ कुनै पनि स्थानमा गाडी नरोकी हुलाकी सडक हुँदै कञ्चनपुरतर्फ प्रस्थान गर्नुभएको थियो।
कञ्चनपुरबाट उहाँ सिधै पहाडी जिल्लातर्फ जाने कार्यक्रम रहेको बताइएको छ।