
काठमाडौं । सेयर कारोबार परिसूचक नेप्से मंगलबार ४२ दशमलब पाँच -आठ अंकले घटेको छ ।
मंगलबार ४२ दशमलब पाँच -आठ अंकले घट्दा २७ सय २६ दशमलव ५१ अंक कायम भएकाे हो । मंगलबार ३४ कम्पनीको मूल्य बढ्दा २ सय २४ कम्पनीको मूल्य घट्यो भने २ कम्पनीको मूल्य स्थिर रह्यो ।
कारोबारमा आएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोष स्थिर रह्यो भने बाँकी उपसमूह घटे । कुल १ लाख ४२ हजार ४७६ पटकको कारोबारमा ३ करोड २ लाख ६२ हजार ७१० कित्ता सेयर किनबेच भएको छ । उक्त कारोबारमा १४ अर्ब १६ करोड ७१ लाख रूपैयाँको सेयर कारोबार भएको छ ।
सोमबारको तुलनामा कारोबार रकम पनि घटेको छ । सोमबार १६ अर्ब ३५ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।