
काठमाडौै । अर्थमन्त्री रामेश्वर खनालले भन्सार ऐन कार्यान्वयनमा जाने चरणमा रहेको बताउनुभएको छ ।अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री खनालले निजी क्षेत्रलाई सहज र भन्सारलाई व्यवस्थित गराउन भन्सार ऐन जारी गरिएको बताउनु भयो ।
अर्थमन्त्री खनालले भन्सार सुधार रणनीति छिटो ल्याएर कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो ।उद्योगी व्यवसायीले भने दण्ड जरिवाना बढी हुँदा निजी क्षेत्र हतोत्साही भएको भन्दै अहिले नीतिगत सुधार गर्ने उपयुक्त समय भएको बताउनुभयो ।
वक्ताहरुले भन्सारलाई राजश्व संकलनमा मात्र सिमित राख्न नहुनेमा पनि जोडदिए ।