सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ३ लाख ९ हजार कायम

चाँदी पनि बढेर ६ हजार ७६५ रुपैयाँमा कारोबार
माघ १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ३ लाख ९ हजार कायम

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

छापावाल सुनको मूल्य मंगलबार तोलामा ५ हजार २ सय रूपैयाँले बढेर सुन प्रतितोला ३ लाख ९ हजार कायम भएको छ । 

यस्तै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी तोलामा २ सय ८५ रूपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला ६ हजार ७ सय ६५ पुगेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.