नासा कलेजले विद्यालयका प्रधानाध्यापक र प्राज्ञिक प्रमुखहरूको नेतृत्व विकास तालिम सञ्चालन गर्ने

माघ १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
नासा कलेजले विद्यालयका प्रधानाध्यापक र प्राज्ञिक प्रमुखहरूको नेतृत्व विकास तालिम सञ्चालन गर्ने

काठमाडौं । नासा कलेजले नेपालका शैक्षिक संस्थाहरूले भोग्नुपरेका चुनौती र विश्वमा भएको शैक्षिक विकासबारे प्राज्ञिक प्रमुख र विद्यालयका प्रधानाध्यापकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अभिमुखिकरण तालिम सञ्चालन गर्ने भएको छ । 

शैक्षिक संस्थाहरूको नेतृत्वलाई अझ सबल, सुझबुझपुर्ण र परिणाममुखी बनाउन मद्दत गर्ने उद्देश्यले नेतृत्व विकास तालिम आयोजना गर्न लागिएको काठमाडौंको गैरीगाउँमा सञ्चालित नासा कलेजले जनाएको छ । तालिम फागुन २ गते शनिबार सञ्चालन हुने र दर्ता माघ २५ गतेसम्म गरिसक्नुपर्ने कलेजका प्रबन्ध निर्देशक दिपक न्यौपानेले जानकारी दिनुभयो ।

उहाँले शैक्षिक नेतृत्वका विविध आयामहरूको विश्लेषण गरी वर्तमान नेपालमा शिक्षण संस्थाको उत्कृष्ट व्यवस्थापन गर्न आवश्यक क्षमता विकास गराउने उद्देश्यले तालिम कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । नियमित रूपमा देशबाहिर भैरहेको बसाइँसराइले प्रतिभा पलायनको भयानक परिणाम भोगिरहेको परिवेसमा शैक्षिक संस्थाहरूको व्यवस्थापन र सञ्चालनमा चुनौती थपिएको बताउँदै उहाँले शैक्षिक संस्थाहरू नीतिगत अस्पष्टता र जटिलताको मारमा परिरहेको पनि दाबी गर्नुभयो ।

उत्कृष्ट शिक्षण विधि र भौतिक पूर्वाधारको व्यवस्थाबिना एक्काइसौं शताब्दीका चुनौतीको सामाना गर्न सक्ने सक्षम जनशक्तिको उत्पादन सम्भव नभएकोले पनि नेतृत्वको क्षमता विकास गर्न, संस्था व्यवस्थापन र नेतृत्वका उत्कृष्ट अभ्यासहरूबारे प्रशिक्षित गर्न चिरपरिचित प्राध्यापकहर" र अब्बल शैक्षिक संस्थाको नेतृत्व गरिरहनुभएका विज्ञ प्रशिक्षकहर"ले तीनवटा विभिन्न सेसनहर"मा विद्यालयका प्रधानाध्यापहर" र प्राज्ञिक नेतृत्वलाई प्रशिक्षित गर्नुहुने उहाँको भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.