
संखुवासभा । आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय संखुवासभाले निर्वाचन आचारसंहिता २०८२ को प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ।
मंगलबार खाँदवारीमा उम्मेदवार तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिसँग निर्वाचन आचारसंहिताबारे छलफल कार्यक्रम भएको हो । कार्यक्रममा निर्वाचन जिल्ला अनुगमन समितिका संयोजक चिरञ्जीवि अधिकारीले निर्वाचन आचार संहिता २०८२ का मुख्य प्रावधानबारे जानकारी गराउँदै सबै उम्मेदवार र दलका प्रतिनिधिलाई आचारसंहिता अक्षरश पालना गर्न आग्रह गर्नुभयाे।
प्रचारप्रसारको नाममा हुने अनावश्यक खर्च, भड्किलो कार्यक्रम र सार्वजनिक स्थलको दुरुपयोग रोक्न प्रशासनले निगरानी कडा बनाएको छ। आगामी निर्वाचनका लागि संखुवासभामा १ स्वतन्त्र उम्मेदवारसहित जम्मा १६ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।