रास्वपासँगको एकता भंगबारे कुलमान भन्नुहुन्छ– पार्टी १२ दिन ‘कोमा’मा गयो तर तन्दुरूस्त भएर निस्कियौँ

माघ १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
रास्वपासँगको एकता भंगबारे कुलमान भन्नुहुन्छ– पार्टी १२ दिन ‘कोमा’मा गयो तर तन्दुरूस्त भएर निस्कियौँ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीको नाम र चुनाव चिन्ह कुनै पनि दलसँग विलय हुन नदिइने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित उज्यालो नेपाल काठमाडौं-रामेछाप मञ्च गठन कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता सम्झौतालाई एक नराम्रो दुर्घटनाको रूपमा स्मरण गर्दै अहिले पार्टी सुदृढ अवस्थामा पुगेको पनि बताउनु भयो । 

रास्वपासँगको एकताको १२ दिनको समय पार्टी ‘कोमा’ मा पुगेको टिप्पणी गर्दै उहाँले अहिले तन्द्ररूस्त भएर निस्किएको बताउनु भयो । उहाँले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार भएका १२१ जना उम्मेदवारलाई जिताउन समेत अपिल गर्नुभयो । 

उहाँले निर्वाचनका समयमा कसरी कम खर्च गर्ने भन्ने विषयमा सचेत हुनुपर्नेमा नयाँ भनिएका दलहरु तडकभडकमा लाग्नु दुःखद् भएको बताउनु भयो । उहाँले आफू विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख हुँदा प्राप्त उपलब्धीबारे व्याख्या गर्दै मुलुकको समग्र विकासका लागि उज्यालो नेपाल पार्टीको विकल्प नभएको जिकिर पनि गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.