निर्वाचनको जिम्मेवारी बोकेका मन्त्रीहरू मैदान छाडेर भाग्नुभयो : सांसद श्रेष्ठ

माघ १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचनको जिम्मेवारी बोकेका मन्त्रीहरू मैदान छाडेर भाग्नुभयो : सांसद श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद किरणबाबु श्रेष्ठले संविधानलाई सही दिशामा लैजाने एकमात्र उपाय निष्पक्ष निर्वाचन भएको बताउनुभएको छ ।

मंगलबार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उहाँले सबै राजनीतिक दलहरूको चाहाना अनुरूप नै देश निर्वाचनमा होमिएको बताउनु भयो । निर्वाचनको जिम्मेवारी बोकेका मन्त्रीहरूले भने अन्तिम समयमा जिम्मेवारी छाडेर भागेको उहाँले आरोप लगाउनु भयो । 

निर्वाचन गर्ने जिम्मेवारीलाई छाडेर आफैँ चुनावी मैदानमा होमिनुले गम्भीर नैतिक प्रश्न उठाएको उहाँको भनाइ छ । उहाँले मन्त्रीहरू नै पदबाट हटेर चुनाव लड्न हिँड्नुले निष्पक्ष चुनाव हुनेमा शंका पैदा भएको पनि बताउनु भयो । राजीनामा दिएर निर्वाचन लड्न पाउने संवैधानिक अधिकार भए पनि यसले गम्भीर नैतिक प्रश्न भने उठाएको उहाँको भनाइ छ ।

उहाँले मन्त्री बनेकाहरू नै विभिन्न पार्टी प्रवेश गर्ने तथा आफ्नै पार्टी खोलेर चुनावी प्रतिस्पर्धामा होमिनुले जेन-जी आन्दोलन, सरकारी संयन्त्रमाथिको आगजानी लगायतका घटनाक्रमका ‘पर्दा’हरू विस्तारै खुल्न थालेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.