पेट्रोलियम पदार्थको खपत २५ प्रतिशतसम्म बढ्नसक्ने आकलन

माघ ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
पेट्रोलियम पदार्थको खपत २५ प्रतिशतसम्म बढ्नसक्ने आकलन

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मतदान अघिका १० दिनमै पेट्रोल, डिजेलसहित पेट्रोलियम पदार्थको खपत २५ प्रतिशतसम्म बढ्ने आकलनसहित नेपाल आयल निगमले तयारी थालेको छ । 

आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले चाडपर्वमा जस्तै चुनावका लागि आयाल निगमले इन्धन भण्डारण पर्याप्त गर्न सबै डिपोहरूलाई निर्देशन दिन लागेको बताउनु भयो । उहाँकाअनुसार चुनाव आसपासमा केही दिन नाकाहरू समेत बन्द हुने भएकाले पहिल्यै इन्धन व्यवस्थापन गरिनेछ । चुनाव अवधिका लागि बजारमा कुनै समस्या नहोस् भनेर डिपोहरूलाई स्टक राख्ने तयारी थाल्दैछन् ।

कार्यकारी निर्देशक भट्टले अहिले करिब २०-२५ लाख लिटर पेट्रोल औसतमा खपत हुने गरेको छ भने डिजेल ३८-४० लाख लिटर खपत हुने गरेको छ । चुनावको १० दिनअघि मात्रै औसतमा २०-२५ प्रतिशत खपत वृद्धि हुने अनुमान छ । त्यही अनुसारको स्टक राखेर अघि बढ्ने बताइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.