
काठमाडौं । उद्योगी व्यवसायीले नेपालमा अस्थिर सरकार रहेका कारण आर्थिक परिवर्तनले तिव्रता पाउन नसकेको भन्दै अर्थतन्त्र सुधारका मुद्दामा दलहरूले साझा योजना ल्याउनुपर्ने बताएका छन् ।
नेपाल उद्योग परिसंघले आइतबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा उनीहरुले आर्थिक परिर्वतनको लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताए । दलहरुले चुनावी घोषणापत्रमा आर्थिक एजेन्डाहरू ल्याए पनि सरकारमा हुँदा कार्यान्वयन नगरेको आरोप उद्योग व्यवसायीको छ ।
२०४६ सालदेखि हालसम्म बनेका सरकारहरुले कार्यकाल एक वर्षको हाराहरीमा मात्रै रहेको उल्लेख गर्दै उनीहरूले आर्थिक प्रगतिका लागि राजनीतिक दलहरूले न्यूनतम साझा एजेन्डा बनाएर जानुपर्नेमा जोड दिए । कार्यक्रममा परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले राजनीतिक दलहरूले साझा एजेन्डा तय गरेमा सरकार परिवर्तन हुँदै पिच्छे नीतिहरू परिवर्तन हुँदा दीर्घकालिन रूपमा फाइदा हुने बताउनुभयो ।