अमेरिकी दूतावासद्वारा चितवनमा पहिलोपटक 'क्रिएटर्स मेला-२०२६ आयोजना

माघ ३, २०८२ |राजु चौधरी
अमेरिकी दूतावासद्वारा चितवनमा पहिलोपटक 'क्रिएटर्स मेला-२०२६ आयोजना

चितवन । युवायुवतीहरूको चाहनालाई ध्यान दिँदै नेपालस्थित अमेरिकी दूतावासले चितवनमा पहिलोपटक 'क्रिएटर्स मेला-२०२६ आयोजना गरेको छ ।

भरतपुरस्थित होटेल सिराइचुलीमा आयोजित कार्यक्रममा ८ सयभन्दा बढी युवा तथा उदीयमान डिजिटल क्रिएटर्सको सहभागिता रह्यो । दुईवटा हलमा समानान्तर रूपमा प्यानल छलफल, स्पटलाइट संवाद, प्रयोगात्मक कार्यशाला, प्रत्यक्ष प्रस्तुति तथा प्रमुख पिच टु सक्सेस कार्यक्रम सञ्चालन गरिएको थियो । 

कार्यक्रममा प्रियंका कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ, आनन्द बगरिया र सन्ध्या केसीजस्ता वक्ता तथा कलाकारहरूको उपस्थिति थियो । यस्तै अहिलेका युवा पुस्ताहरू माझ चर्चित टुबी गेमर, इभा गिरी, श्रीशेष मानान्धर, एकता तन्दुकारलगायतका क्रिएटर्सले पनि आफनो अनुभव साझा गरेका थिए ।

यसवर्ष यो मेलामा भिजन टु भेन्चर डिजिटल कथाकथन र व्यावसायिक उद्यमबीचको दूरी घटाउने उद्देश्यले तयार गरिएको आयोजकले जनाएका छन् ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।