नेपालकै पहिलो अपाचे रेसिङ एक्सपिरियन्स (एआरई) जीपी आयोजना

माघ ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपालकै पहिलो अपाचे रेसिङ एक्सपिरियन्स (एआरई) जीपी आयोजना

काठमाडौं । नेपालकै पहिलो अपाचे रेसिङ एक्सपिरियन्स (एआरई) जीपी आयोजना भएको छ।

टिभिएस अपाचे सिरिजको २०औँ वार्षिकोत्सवका अवसरमा एआरई जीपी शनिबार काठमाडौंमा सम्पन्न भएको हो । अपाचे रेसिङ एक्सपिरियन्सले अपाचे मोटरसाइकल धनीहरूलाई शनिबार व्यावसायिक प्रशिक्षकहरूबाट प्रशिक्षण दिँदै कर्नरिङ, प्रेसिजन ब्रेकिङ, थ्रोटल कन्ट्रोल, रेस पोस्चर र समग्र ह्यान्डलिङजस्ता महत्वपूर्ण विधिहरु सिकाएको हो । 

शनिबार भएको प्रतियोगितामा ६० जनाले प्रतिस्पर्धा गरेका थिए । एआरई नेपालका समग्र विजेता भारतको चेन्नईस्थित मदरास इन्टरनेशनल सर्किटमा आयोजना हुने 'वान मेक च्याम्पियसिप' मा सहभागी हुनेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.