रूरू क्षेत्रमा लागेको पाँच दिने माघे संक्रान्ति मेलामा कृषि प्रदर्शनी आकर्षणकाे केन्द्र

माघ ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
रूरू क्षेत्रमा लागेको पाँच दिने माघे संक्रान्ति मेलामा कृषि प्रदर्शनी आकर्षणकाे केन्द्र

पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जाको संगम रिडी रूरू क्षेत्रमा लागेको पाँच दिने माघे संक्रान्ति मेलामा कृषि प्रदर्शनीले किसानलाई आकर्षण गरेको छ ।

गुल्मीको रूरूक्षेत्र गाउँपालिकाले कृषि प्रदर्शनी आयोजना गरेको हो । खाद्यान्न बाली प्रदर्शनी भएका कृषिजन्य बस्तुहरूलाई विभिन्न विधामा वर्गीकरण गरी प्रथम, दोस्रो र तेस्रो र सान्त्वनालाई नगद पुरस्कार प्रदान गरिने रूरूक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.