सिन्धुपाल्चोकका कफी उत्पादक किसानलाई तालिम

पुस २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
सिन्धुपाल्चोकका कफी उत्पादक किसानलाई तालिम

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका कफी उत्पादक किसानलाई प्राङ्गारिक चक्र प्रविधिसम्बन्धी तालिम दिइएको छ । 

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा चौतारा साँगाचोकगढी नगरपालिकाको समन्वयमा ३२ जना किसानलाई कफीका बिरुवा रोप्ने चरणदेखि उत्पादन, सङ्कलन र प्रशोधन र प्राङ्गारिक प्रविधि अपनाएर गुणस्तरीय कफी उत्पादन बढाउने, माटोको उर्वराशक्ति जोगाउने तथा आम्दानी वृद्धि गर्ने बारे दुई दिने तालिम दिइएको हो ।

साथै चौतारा साँगाचोकगढी नगरपालिकाले कफी उत्पादन र प्रशोधनलाई थप प्रभावकारी बनाउन १२ लाख रुपैयाँ लागतको कफी भुट्ने मेसिन किसानलाई हस्तान्तरण गरेको छ । उक्त मेसिनबाट स्थानीयस्तरमै कफी भुट्न सहज हुने र बजारमा प्रतिस्पर्धी उत्पादन पुर्‍याउन सहयोग पुग्ने भएपछि किसान खुसी छाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.