.png&w=1000&height=550)
विराटनगर । मोरङ उद्योग व्यापार संघले बुधबारदेखि विराटनगरमा अन्तर्राष्ट्रियस्तरको विराट ट्रेड एक्स्पो सुरू गरेको छ ।
एक्स्पोको उद्घाटन गर्दे अर्थमन्त्री रामेश्वर खनालले व्यवसायको लागत, उद्योगको लागत घटाउन र लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न सरकारले काम गरिरहेको बताउनुभयो । १९ गतेसम्म सञ्चालन हुने व्यापार एक्स्पोले जेन-जी आन्दोलनपछि सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान बनाउने आयोजकको अपेक्षा छ ।
एक्स्पोमा दुई सय ३० वटा स्टल छन् । भारत, बंगलादेश, पाकिस्तानलगायत छिमेकी मुलुकका उत्पादन पनि प्रदर्शनीमा राखिएका छन् ।