दोलखामा कोदो र फापरको खेती विस्तार

उत्पादन पनि बढ्यो, बजार माग बढेपछि किसान उत्साहित
पुस ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
दोलखामा कोदो र फापरको खेती विस्तार

दोलखा । बजारमा माग बढदै गएपछि हिमाली क्षेत्रको मुख्य रैथाने खाद्यन्न बाली कोदोको दोलखामा खेती विस्तार र उत्पादन दुबै बढेको छ ।

कोदोबाट बनेका परिकार पछिल्लो समयमा सहरका होटलका मेन्यूमा समेत पर्न थालेपछि माग बढेसँगै खेती विस्तार भएको हो । गएको वर्ष दोलखाको ३ हजार ६ सय ५७ हेक्टरमा कोदो खेती भएको थियो । यो वर्ष थप एक सय हेक्टरमा कोदो खेती विस्तार भएसँगै उत्पादन पनि बढेको छ । दोलखाका नौंवटै स्थानीय तहमा कोदो खेती हुँदै आएको छ । 

अनुकूल मौसम र स्थानीय बजारमा माग उच्च भएका कारण किसानहरू फेरि कोदो खेतीमै फर्किएका हुन् । गएको वर्षभन्दा यो वर्ष फापर खेतीको क्षेत्रफल दोब्बर बढेको छ । एक हजार ५७ हेक्टरमा हुँदै आएको फापर खेती यो वर्ष बढेर २ हजार हेक्टरमा विस्तार भएको छ । तर अर्को रैथाने बाली जौ खेती भने घट्दो क्रममा छ । 

बजार विस्तार र माग बढन नसक्दा जौ खेती घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ। जौ खेतीमा किसानलाई आकर्षित गर्न बीउबिजन र बजारको मागका विषयमा सहजीकरण गर्ने अभियान चलाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.