
संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माणाधीन ४ सय ५४ मेगावाट क्षमताको किमाथांका जलविद्युत आयोजनामा जिल्लाका १० वटै स्थानीय तहले संस्थापक शेयरमा लगानी गर्ने सहमति जनाएका छन्।
सोमबार खाँदवारीमा विद्युत उत्पादन कम्पनी लिमिटेडले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधिहरूले आआफ्नो स्थानीय तहमा परेको शेयर बराबरको लगानी गर्न तयार रहेको स्पष्ट पारेका हुन्।