
काठमाडौं । सरकारले आफूहरूसँग गरेको सहमति कार्यान्वयन नभएको र दोषीलाई कारबाही नगरिएको भन्दै मिटरब्याज तथा लघुवित्त पीडितले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
विभिन्न जिल्लाबाट आएका मिटरब्याज, लघुवित्त तथा वित्तीय संस्था पीडितले काठमाडौंमा मार्च गरेका हुन् । उनीहरूले लघुवित्त संस्था खारेज, मिटरब्याजीलाई कारबाही र सबै नागरिकलाई भूमि उपलब्ध गराउनुपर्ने लगायतका माग राखेका छन् ।
उनीहरूले फर्जी तमसुक खारेज गर्न र आर्थिक शोषण अन्त्य गर्न पनि माग गरेका छन् । मिटरब्याज, लघुवित्त तथा वित्तीय शोषण र भूमि असमानता अन्त्य नभएसम्म जनताले न्याय नपाउने उनीहरूको दाबी छ । सरकारले मिटरव्याजीहरूलाई कारबाही गर्ने भन्दै पीडित पक्षसँग सहमति गरे पनि पूर्ण कार्यान्वयन नभएको गुनासो कायमै छ ।