
काठमाडौं । उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूले स्टार्ट अपलाई मुलप्रवाहमा ल्याउनु पर्ने सुझाएका छन् ।
ललितपुरमा भएको स्टार्टअप समिट नेपाल २०२५ को उद्घाटन सत्रमा बोल्दै नेपालका लागि भारतका पूर्वराजदूत मञ्जीवसिंह पुरीले नेपाल र भारतजस्ता देशले नवयुवाहरूको सोचबाटै देश विकास गर्ने सक्ने बताउनु भयो । विश्वका ठूला टेक कम्पनीहरू गुगल, अमेजनजस्ता कम्पनीहरूले सम्भावना देखेरै भारतमा करोडौं डलर लगानी गरिरहेको उहाँले बताउनुभयो ।
त्यस्तै उद्योगी वरूण चौधरीले नविन सोच तथा प्रविधिको प्रयोगबाट २६ वर्ष मुनिका नवयुवा पनि अर्बपति बनेको भन्दै स्टार्टअपलाई मुलप्रवाहमा ल्याउन जोड दिनुभयो। कार्यक्रमका सहभागीहरूले नवउद्यमलाई प्रवर्द्धन गर्नका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै सुचना तथा संचार मन्त्री जगदिश खरेलले नव युवाका सोचलाई सार्थक पार्न सरकार प्रतिबद्ध रहेको बताउनु भयो । स्टार्ट अपलाई प्रवर्द्धन गर्नेका लागि एआई नीति स्वीकृति गरेको पनि उहाँले जानकारी दिनुभयो ।